बेलायती पाउण्ड र युरोको मूल्यमा गिरावट, के छ अन्य देशको विनिमय दर
काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रूपैयाँ ३२ पैसा र बिक्री दर १३२ रूपैयाँ ९२ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ६३ पैसा र बिक्री दर १४० रूपैयाँ २६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ८७ पैसा र बिक्री दर १५८ रूपैयाँ ५९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ ०३ पैसा र विक्रीदर ३० रूपैयाँ १७ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ २० पैसा र बिक्री दर ३५ रूपैयाँ ३६ पैसा रहेको राष्ट्रबैंले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९ ०६:२२
प्रतिक्रिया दिनुहोस्