चिसो बढेपछि जनकपुरधामका सबै विद्यालय ३ दिनका लागि बन्द
जनकपुरधाम –अत्यधिक जाडो बढेपछि जनकपुरधाम उपमहानगरपालिकाले ३ दिनका लागि सबै विद्यालयमा विदा दिएको छ ।
उपमहानगरपालिकाको विपद व्यवस्थापन समितिले उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बुधबारदेखि शुक्रबारसम्म ३ दिन जाडो विदा दिएको हो ।
उपमहानगरका शिक्षा युवा तथा खेलकुद शाखाका वरिष्ठ उपसचिव मिहिलाल यादवले सूचना जारी गर्दै विदाको घोषणा गरेका हुन् । उनका अनुसार ३ दिनको जाडो विदा शैक्षिक क्यालेण्डरमा उल्लेखित २७ पुसदेखि ३ माघसम्मको जाडो विदाबाट कट्टा गरिने छ ।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९ ११:५४
प्रतिक्रिया दिनुहोस्