सुनको मूल्य यस वर्षकै उच्च
काठमाडौँ –नेपाली बजारमा बुधबार पनि सुनको मूल्यमा वृद्धि भएको छ ।
सुनको मूल्य बुधबार यास वर्षकै सबैभन्दा उच्च कायम भएको छ नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्का अनुसार छापावाल सुनको मूल्य तोलाको १ लाख २ हजार ९०० रुपैयाँ पुगेको छ ।
सुनको मूल्य बुधबार तोलामा ३०० रुपैयाँले बढेको हो । मङ्गलबार छापावाल सुन तोलाको १ लाख २ हजार ६०० मा कारोबार भएको थियो । यस वर्ष यसअघि गएको वैशाखमा तोलाको १ लाख २ हजार ५०० रुपैयाँसम्म कारोबार भएको थियो ।
यस्तै, बुधबार तेजाबी सुन तोलाको १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदीको मूल्य तोला १० रुपैयाँले घटेको छ । चाँदी तोलाको १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९ १३:३१
प्रतिक्रिया दिनुहोस्