Nic Ad Nic Ad
Nic Ad Nic Ad

श्रम स्वीकृतिबिना खेलाडी भित्र्याएको भन्दै अख्तियारले राखेपलाई पत्र काट्यो

बुधबार, पुस २०, २०७९

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टी २० लिगमा छानबिन सुरु गरेको छ । अख्तियारले राष्ट्रिय खेलकुद परिषद्लाई पत्र पठाउँदै ७ दिनभित्रमा सम्बद्ध कागजातसहितको प्रतिक्रिया पठाउन भनेको छ। 

 

अख्तियारले सोमबार राखेपसँगै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा पनि राय तथा प्रतिक्रिया उपलब्ध गराउन पत्र पठाएको छ। लिगका लागि विदेशी खेलाडी भित्र्याउँदा श्रम स्वीकृति र अनुमति नलिएको भन्दै अख्तियारले छानबिन थालेको हो। 

 

कीर्तिपुरमा सञ्चालन भइरहेको नेपाल टी २० लिगमा सहभागी विभिन्न ६ वटा टिमबाट विभिन्न विदेशी खेलाडीहरूबाट विना श्रम स्वीकृति तथा अनुमतिविना नै क्रिकेट खेल सञ्चालन गरिरहेको ब्यहोराको उजुरी परेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १३:३९
प्रतिक्रिया दिनुहोस्