नेप्से ६५ अंकले बढ्यो, साढे ३ अर्बको कारोबार
काठमाडौँ –सेयर बजारमा लगानीकर्ताको मनोबल उच्च नै देखिएको छ । नयाँ सरकार गठनदेखि नै बढ्न थालेको लगानीकर्ताको मनोबल आज पनि कायम देखिएको छ ।
मंगलबारको सेयर बजार ६४.८७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार बढेर २१२५.९४ विन्दुमा पुगेको छ ।
यसरी सेयर बजार बढ्दा ३० कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ३० कम्पनी मध्ये ९ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालयन डिस्टलिरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर र खप्तड लघुवित्त रहेको छ ।
नेप्सेको अनुसार आज ८७ लाख कित्ता सेयर किनबेच हुँदा साढे ३ अर्ब रुपैयाँको कारोबार भएको छ । यस्तै, सबैभन्दा बढी कारोबार हिमालयन डिस्टलिरीको ११ करोड रुपैयाँको भएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९ १५:३१
प्रतिक्रिया दिनुहोस्