Nic Ad Nic Ad
Nic Ad Nic Ad

बुस्टर डोजका लागि १५ लाख मात्रा खोप ल्याउने तयारी

बुधबार, पुस २०, २०७९

काठमाडौँ –कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि १५ लाख डोज खोप आउने भएको छ । ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिने भएको हो । 


स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख सागर दाहालले १९ माघमा १५ लाख डोज खोप आउने जानकारी दिए ।


१४ पुसमा सरकारले बुस्टर डोज खोपका लागि औपचारिक रूपमा ‘गाभी’लाई पत्र लेखेको थियो । कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला सरकारले बुस्टर डोज खोप ल्याउने तयारी गरेको हो । दाहालका अनुसार अमेरिकाबाट गाभीले कोभ्याक्स सुविधामार्फत् नेपाललाई खोप उपलब्ध गराउने छ ।


भारत र चीनमा विएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ । 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १६:२६
प्रतिक्रिया दिनुहोस्