म्याच खेल्न आउने विदेशी खेलाडीले जानकारीसमेत नगराउने गरेको विभागका महानिर्देशक कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए । 

"/> म्याच खेल्न आउने विदेशी खेलाडीले जानकारीसमेत नगराउने गरेको विभागका महानिर्देशक कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए । 

"> म्याच खेल्न आउने विदेशी खेलाडीले जानकारीसमेत नगराउने गरेको विभागका महानिर्देशक कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए । 

" />
Nic Ad Nic Ad
Nic Ad Nic Ad

अवैध रूपमा नेपाल आउँछन् विदेशी खेलाडी

विभाग भन्छ– ‘हामीलाई जानकारी नै हुँदैन’
बुधबार, पुस २०, २०७९

काठमाडौँ– विदशी खेलाडीहरू अनुमति नै नलिई नेपाल आउने गरेको पाइएको छ ।

 

नेपालमा खेलाडी भित्र्याउँदै आएका विभिन्न क्लब र राष्ट्रिय खेलकुद परिषद्ले समेत स्वीकृतिबिना खेलाडी ल्याउने गरेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । 

 

अहिले टियु क्रिकेट मैदानमा नेपाल टी–२० क्रिकेट लिग जारी छ । नेपाल टी–२० लिगमा सट्टेबाजदेखि, म्याच फिक्सिङ र आर्थिक चलखेल भइरहेको नेपाल क्रिकेट संघ (क्यान)ले आरोप खेपिरहेको छ । 

 

क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्लाई नेपाल टी–२० लिग बेच्नु नै गलत भएको भन्दै स्वयं खेलाडीहरूले नै विरोध गरिरहेका छन् । जसका कारण अहिले नेपाल टी–२० लिग विवादमात्रै होइन, शंकाको घेरामा परेको छ । 

 

अहिले भइरहेको लिगमा म्याच फिक्सिङ र आर्थिक चलखेल भएको आरोप क्यानलाई लागेको छ । तर, क्यानले भने म्याच फिक्सिङ र आर्थिक चलखेलको हल्लामात्र भएको भन्दै आफ्नो बचाउ गरिरहेको छ । 

 

नेपाल टी–२० लिगमा विदेशी खेलाडीसमेत सामेल छन् । उनीहरूले नेपालमा खेल्न आउँदा स्वीकृति लिएका छन् कि छैनन् भन्ने प्रश्न उठेको हो । 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टी–२० लिगमाथि छानबिन सुरु गरेको छ । अख्तियारले राष्ट्रिय खेलकुद परिषद्लाई पत्र पठाउँदै ७ दिनभित्र आवश्यक कागजातसहितको प्रतिक्रिया पठाउन भनेको छ ।

 

यही विषयसँग जोडेर खेलाडी कसरी नेपाल भित्रिन्छन् भन्ने पनि आमचासोको विषय बनेको छ । 

 

विदेशी खेलाडीको जानकारी हुँदैन : विभाग 

 

नेपाल आउने विदेशी खलाडीको श्रम स्वीकृति भए/नभएको कुरा त परै जाओस्, उनीहरू नेपाल आएको सूचनासम्म पनि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा नपुगेको पाइएको हो ।

 

नेपाल भित्रिनुअघि विदेशी खेलाडीले श्रम स्वीकृति लिनुपर्ने र त्यसको सूचना दिनुपर्ने व्यवस्था श्रम ऐनमा छ । तर, म्याच खेल्न आउने विदेशी खेलाडीले जानकारीसमेत नगराउने गरेको विभागका महानिर्देशक कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए । 

 

‘अस्ति टी–२० लिगमा समस्या र विरोध भएपछि राखेपाका कर्मचारी विदेशी खेलाडीको श्रम स्वीकृतिका बारेमा बुझ्न आएका थिए,’ उनले भने, ‘औपचारिक कागजात नल्याएका कारण हामीले सबै प्रक्रिया पुर्‍याएर आउन आग्रह गरेका थियौँ । अहिलेसम्म खेलाडीकै नाममा भनेर श्रम स्वीकृति लिएको प्रमाण छैन । हामीले सबै प्रमाण विभागको साइट राखेका छाँै ।’

 

महानिर्देशक ज्ञवालीले भनेजस्तै विभागको साइटमा खेलाडीका नाममा श्रम स्वीकृति भएको प्रमाण छैन । कतिपय खेलाडी भारतको बाटो हुँदै भित्रिने भएका कारण अध्यागमन अनुमतिसमेत नहुने गरेको विभागले जनाएको छ । 

 

विदेशी खेलाडीले श्रम स्वीकृति नलिएको विषयमा राखेप भने जबाफविहीन छ । खेलाडीको प्रमाण भएका कारण अहिलेसम्म श्रम स्वीकृति लिएको प्रमाण नखोजेको राखेपका सूचना अधिकारी खुसराज दाहालल जानकारी दिए । 

 

राखेपले अहिले खेलाडीको भिसा र आगमन स्वीकृृतिका विषयमा छलफल गरिरहेको उनले बताए । 

 

१० वर्षयता नेपालमा २२२ जनाभन्दा धेरै खेलाडी खेल खेल्नकै लागि आएको राखेपको अनुमान छ । नेपालमा भारत, बंगलादेश, अफ्रिकी देश र युरोपका केही खेलाडी आउने गरेको राखेपले जनाएको छ । 

 

नेपाल आउने विदेशी खेलाडीले ९० दिनको भिसा पाउँछन् । यसरी आउने खेलाडीले श्रम स्वीकृति लिनुपर्ने हुन्छ । उनीहरूले ३ महिनाभन्दा धेरै बस्नुपरेको अवस्थामा सम्बन्धित क्लब र खेलाडी स्वयंले नेपालको अध्यागमन विभागमा जानकारी गराउनुपर्ने कानुनी व्यवस्था भएको श्रम विभागले जनाएको छ ।

 

तर, नेपालको कानुनअनुुसार आउने र जाने कुनै पनि विदेशी खेलाडीले नियम पालना नगरेको विभागले जनाएको छ । 

 

नेपालमा भित्रिएका खेलाडीले अध्यागमन र विभागमा कानुनअनुसार श्रम स्वीकृतिको जानकारी नगराउँदा उनीहरू समस्यामा पर्दा कानुनी उपचार खोज्न समस्या हुने विभागका महानिर्देशक ज्ञवाली बताउँछन् । 

 

खेलाडीलाई समस्या पर्दासमेत सरकारले सुरक्षा दिनुपर्छ । तर, श्रम स्वीकृति नभएका कारण जतिसुकै चर्चित खेलाडी भए पनि समस्या पर्दा कानुनी उपचारको बाटो नहुने विभागले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्