Nic Ad Nic Ad
Nic Ad Nic Ad

भोलिसम्म सरकारको न्यूनतम साझा कार्यक्रम फाइनल गर्ने तयारी

बुधबार, पुस २०, २०७९

काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको बारेमा छलफल भएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए ।

 

बुधबार साँझ सत्तारूढ दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकले विहीबारसम्म सरकारको न्युनतम साझा कार्यक्रम फाइनल गर्ने सहमति गरेको लामिछानेले जानकारी दिए ।

 

‘भोलिसम्म न्यूूनतम साझा कार्यक्रम तय गर्ने सहमति बनेको छ । सुकेसम्म भोलि नै यसलाई फाइनल गर्छौँ’, लामिछानेले भने । त्यसबाहेक छलफलमा सरकारका काम र जन गुनासो सम्बोधनका विषयमा पनि छलफल भएको उनले बताए ।

 

सरकारले विभिन्न काम समयमै गर्न र जनतालाई दुःख नदिन सरकारले निर्देशनमात्रै जारी गरेको नभई विज्ञहरुको परामर्शमा अल्पकालिन र दीर्घकालिन योजना रणनीतिहरू बनाइरहेको उनले बताए ।

 

त्यसैगरी, बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको सन्दर्भमा सामान्य छलफल भएको लामिछानेले बताए ।

 

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी भएका थिए । 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १९:००
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार