Nic Ad Nic Ad
Nic Ad Nic Ad

युरोपका क्लब छाडेर पैसाकै लागि खाडी छिरे रोनाल्डो

बुधबार, पुस २०, २०७९

काठमाडौँ– पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो उमेरले ३८ वर्ष नजिक पुग्दै गर्दा अप्रत्यासित रूपमा साउदी अरबको क्लब अल नासरमा अनुबन्ध भएपछि यसको चर्चा र सरगर्मी अझै तातै छ । 

 

गत राति मात्रै अल नासरले आफ्नो घरेलु मैदानमा ५ पटक बालोन डिओर विजेता रोनाल्डोलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ । डिसेम्बर ३१ तारिखमा अनुबन्धको घोषणा गरेको अल नासरले रोनाल्डोलाई चौथो दिन क्लबको निलो–पहेंलो जर्सीमा घरेलु मैदान मिसूल पार्कमा आइकनिक ७ नम्बर जर्सीमा सार्वजनिक गर्यो । रोनाल्डोको सार्वजनिकीकरण कार्यक्रममा हजारौं मानिस टिकट काटेर रंगशाला पुगेका थिए ।

 

बढ्दो उमेर बीच पनि रोनाल्डोले अझै एक वा दुई सिजन युरोपका शीर्ष क्लबमै फुटबल खेल्न सक्ने अनुमान थियो । कतारमा विश्वकप चलिरहँदा नै अल नासरले रोनाल्डोलाई महँगो तलबको प्रस्ताव गरेको चर्चा सुरु भए पनि रोनाल्डोले युरोपमै रहन चाहेको र उनले साउदीको प्रताव इन्कार गर्ने धेरैको बुझाइ थियो ।

 

तर, रोनाल्डोले धेरैको अनुमानबिपरीत एसियाली राष्ट्रय साउदी अरबको क्लब रोजे । साउदी अरबको फुटबलको चर्चा छैन भन्दा पनि हुन्छ । अस्तिको विश्वकपमा अर्जेन्टिनालाई साउदीले पहिलो खेलमै २–१ ले हराएपछि साउदीले विश्वको ध्यन तानेको थियो । यसबाहेक त्यहाँको क्लब फुटबल एसियामै गुमनामजस्तै छ । युरोपमा त कुरै छाडौं ।

 

३८ वर्ष पुग्न लाग्दा रोनाल्डोले अप्रत्यासित रूपमा साउदी क्लब जाने निर्णय लिएपछि उनको धेरैले आलोचना गरेका छन् कि, रोनाल्डोले पैसाकै लागि साउदीको क्लब जाने निर्णय लिए । कम तलबमा खेल्न सहमति भएको भए उनलाई युरोपकै कुनै क्लबले अनुबन्ध गर्न सक्थ्यो । तर, पैसा कमाउनकै लागि रोनाल्डोले साउदीको क्लब रोजेको भनेर उनकै कतिपय समर्थक असन्तुष्ट बनेका छन् भने आलोचक हात धोएरै लागेका छन् । नहोस् पनि किन ? रोनाल्डोले अल नासरमा अनुबन्ध हुने निर्णय लिनु उनकै प्रिय समर्थकहरूका लागि पनि नसोचेको थियो । रोनाल्डोले यो निर्णय लिँदैछन् भनेर कोही पनि तयार थिएन । यो एकदमै नसोचेको सरुवा थियो ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  २१:१६
प्रतिक्रिया दिनुहोस्