यौन सम्पर्कपछि यी गल्ती भुलेर पनि गर्नु राम्रो मानिँदैन
काठमाडाैँ - यौन प्राकृतिक प्रक्रिया मध्ये एक हो । सन्तान वृद्धिका लागि प्रकृतिले नै सृष्टि गरिदिएको यौन जीवनका प्राथमिकता खानु, पिउनु, निदाउनु जत्तिकै महत्त्वपूर्ण छ । तर आजकल यौन स्वार्थ र एकपक्षीय सुखका कारण अमर्यादित बन्दै गएको छ । यौन पछि पनि केही यस्ता कामहरू छन् जो भुलेर पनि गर्नु हुँदैन ।
छिट्टै नसुत्ने
यौन सम्पर्क भइसकेपछि केही मानिसमा हतार हतार सुत्ने गर्दछन् । तर यो ती मानिसको कमजोर पक्ष हो । त्यसैले यौन सम्पर्कपछि तत्काल सुत्नु भन्दा पार्टनर सङ्ग आनन्दको मुडमा कहिबेर गफिनु वा अकंमालमा रहनु राम्रो मानिन्छ ।
बाथरुम नजाने
केही मानिस यौन सम्पर्कपछि हतार हतार बाथरुम जान्छन् । शारीरिक सम्पर्कपछि सफा हुन वा सिकसिको लागेर जानु ठिकै देखिए पनि सेक्सको पूर्ण आनन्द उठाउनु छ भने पार्टनरलाई एक्लै बेडमा छाडि बाथरुम जानु राम्रो मानिँदैन ।
बेडबाट फोन नगर्ने
यौन सम्पर्क पछि केही मानिस आफ्नो व्यस्त काम गर्ने नाममा फोनमा बिजी हुन्छन् । तर यौनका लागि छुटाइएको सीमित समयमा नै फोनमा व्यस्त हुनु जायज होइन । यो आफै बुझ्नु पर्ने हुन्छ । यौन सम्पर्कका क्रममा पनि फोन चलाउनु यौन प्रतिको वितृष्णा वा पार्टनर प्रति रुचि छैन भन्ने सङ्केत हो । त्यसैले यौन सम्पर्कका बेला मोबाइल नचलाउनुहोला ।
पढ्ने वा काम नगर्ने
यौन भने हरेक जोडिएको आनन्दको पल हुन्छ । यसले दुबैलाई रोमाञ्चित बनाउँछ । तर केही व्यक्ति यौन सम्पर्क भइसक्ना साथ केही पढ्न वा काम गर्न थाल्छन् । यसले यौन सक्षमता नरहेको झल्किन्छ । तसर्थ भुलेर पनि यौन सम्पर्कपछि पढ्ने वा काम गर्न थाल्नु हुँदैन ।
खाना नखाने
यौनअघि पार्टनर सङ्ग रोमाञ्चित हुँदै खाना खानु राम्रो हो, तर यौन सम्पर्कपछि लगत्तै भोक लाग्यो भन्दै खाना खानु खराब पक्ष हो । यसले तपाईँको पार्टनरको रमाइलोलाई मार्दिन्छ । तसर्थ सेक्सपछि भुलेर पनि हतार हतार खाना खान नखोज्नुहोस् । कहिबेर रमाइलो गफ गर्नुहोस् अनि मात्र खानाको विषयमा चर्चा थाल्नुहोस् ।