Nic Ad Nic Ad
Nic Ad Nic Ad

यी खानेकुरा नियमित खानुस् फर्केर आउँछ यौन क्षमता

बिहीबार, पुस २१, २०७९

काठमडौँ –  यौन हरेक वयस्कका लागि रुचिको विषय हुनसक्छ । तर कतिपय अवस्थामा आफू वा पार्टनरको कमजोरीका कारण यो खल्लो पनि बन्न सक्छ । यस्तोमा कुनै कमजोरी छ र यौनको भरपुर आनन्द उठाउन चाहनुहुन्छ भने केही चिजको नियमित सेवन गर्नुपर्ने हुन्छ । जसले यौन इच्छा बढाउन सहयोग गर्दछ ।

– दालचिनी
दालचिनीले पुरुषमा यौनइच्छा बढाउन तथा यौन क्षमतामा वृद्धि गर्न सहयोग गर्दछ । तसर्थ दिनहुँ चिया तथा कफीमा दालचिनी मिसाएर खानु उत्तम हुन्छ ।

– खुर्सानी
खुर्सानीले इन्डोफिर्न हर्मोन सक्रिय बन्दछ । यसबाट शरीरमा पसिना छुट्ने र मुटुको गति पनि बढ्दछ । यसबाट यौनक्रिडाका लागि आवश्यक क्षेत्रमा रक्त प्रवाह बढ्न जान्छ ।

– फर्सी
फर्सीको नियमित सेवनले पुरुषमा यौन क्षमता बढ्ने अध्ययनहरुले देखाएको छ । यस्तै फर्सीको बियाँमा ट्रिप्टोफ्यान एमिने एसिड पाइन्छ । यसले मस्तिष्कमा सेरोटोनिन हर्मोन उत्पादन तथा शरीरमा त्यसको प्रशारण गर्न सहयोग गर्दछ । यसले यौन क्षमता वृद्धि गर्दछ। 

– चकलेट
चकलेटमा एन्टीअक्सिडेन्ट तत्व पाइन्छ । यो मुटुकालागि निकै लाभदायी हुन्छ । चकलेटको सेवनले मुड जगाउने रसायनको उत्पादन हुन्छ र मानिसमा यौनेच्छा प्रकट हुन्छ ।

– खरबुजा
खरबुजामा एन्टीअक्सिडेन्ट तत्व पर्याप्त पाइन्छ । खरबुजालाई यौनबर्द्धक पनि मानिन्छ । फलफूलमा यसको सेवनले यौन क्षमता वृद्धि गर्न ठुलो सहयोग गर्दछ ।

– पालुङ्गो
पालुङ्गोको सेवनले यौनाङ्ग क्षेत्रमा रक्त प्रवाह बढाउँछ र मुड पनि राम्रो बनाउँछ । रक्त प्रवाह बढ्दा मानिसमा यौन इच्छा तथा यौन क्षमता दुवैमा वृद्धि हुन्छ । नियमित पालुङ्गोको सेवन गर्ने महिलामा चरम आनन्द छोटो समयमै प्राप्त हुने मान्यता छ ।

– अदुवा
अदुवाले रक्त प्रवाह बढाउँछ । साथै धमनीहरूलाई स्वस्थ राख्नमा सहयोग पुराउँछ । जसका कारण यौन इच्छा तथा यौन क्षमतामा पनि वृद्धि हुन्छ ।

– केरा
केरा पोटासियमको ठुलो श्रोत हो । उच्च सोडियमयुक्त खानेकुरा खाँदा यौनाङ्गमा रक्त प्रवाह घट्छ र यौनइच्छा तथा चरमोत्कर्षमा कमी आउँछ । तर केराको सेवनले नुनको खराब असर घट्छ र रक्त प्रवाहमा वृद्धि हुन्छ ।

– आलु
आलुमा पर्याप्त मात्रामा पोटासियम पाइन्छ । यसले रक्त प्रवाह बढाउँछ र यौन क्षमता वृद्धिमा सहयोगी बन्दछ ।

– ग्रिन टी
ग्रिन टीमा क्याटेचिन्स पाइन्छ । यसले पेटको बोसो गलाउने, कलेजोको क्षमता बढाउने तथा बोसोलाई ऊर्जामा बदल्ने गर्दछ । साथै यस यौगिकले यौनाङ्ग क्षेत्रमा रक्त प्रवाह बढाएर यौनेच्छामा वृद्धि गर्ने काम गर्दछ । 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  ०८:०२
प्रतिक्रिया दिनुहोस्