सुनको मूल्य लगातार उकालो लाग्दै
काठमाडौँ –स्थानीय बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ । बिहीबार सुनको मूल्य बढेर १ लाख ३ हजार १०० रुपैयाँमा बिक्री भइरहेको छ ।
पछिल्लो एक सातामा सुनको मूल्य २ हजार २०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत साताको बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ थियो । त्यसयताका दिन सुनको मूल्य लगातार बढेको छ । बुधबार सुन प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बिहीबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा तेजाबी सुन प्रतितोला २०० रुपैयाँ बढेको हो ।
यता, चाँदीको मूल्य भने १५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९ १२:१६
प्रतिक्रिया दिनुहोस्