चलचित्र कलाकार संघको महाधिवेशन चैतमा
काठमाडौँ –नेपाल चलचित्र कलाकार संघको १९औँ महाधिवेशन अगामी चैत महिनामा हुने भएको छ ।
संघका अध्यक्ष रवीन्द्र खड्काको अध्यक्षतामा बसेको संघको कार्यसमिति बैठकले अगामी चैत ४ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।
संघको विधानअनुसार वर्तमान कार्यसमितिको पदावधी सकिएकाले बैठकले सोही महाधिवेनबाट नयाँ कार्यसमितिको चयन गर्ने निर्णयसमेत गरेको कलाकार संघले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
संघका सदस्यलाई सदस्यता नवीकरणका लागि फागुन ४ गतेसम्म समय तोकिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९ १२:२२
प्रतिक्रिया दिनुहोस्