अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव फागुनमा
काठमाडौँ –नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आगामी फागुन २ देखि ६ गतेसम्म १६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९ आयोजना गर्ने भएको छ ।
महोत्सव राजधानीको प्रदर्शनीमार्ग स्थित भृकुटीमण्डप परिसरमा हुनेछ ।
महासङघले बिहीबार पत्रकार सम्मेलन गर्दै त्यस बारे जानकारी गराएको हो । सङ्घका अध्यक्ष उमेश प्रकाश शाहले लघु घरेलु उत्पादनहरूलाई प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिन लागिएको बताए ।
महासङ्घको स्थापना कालदेखि नै आयोजना हुदै आएको यो महोत्वि कोरोना महामारी तथा विविध कारणाले गर्दा विगत ३ वर्षदेखि हुन नसकेको थिएन ।
देशै भरका झन्डै ६ लाखभन्दा बढी लघु घरेलु तथा साना उद्योग र कृषि व्यवसयामा संलग्न उद्यमीलाई प्रतिविम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको अध्यक्ष शाहले बताए ।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९ १२:४४
प्रतिक्रिया दिनुहोस्