बैंक अफ काठमाण्डु र ग्लोबल आईएमई मर्ज हुँदै
काठमाडौँ–बैंक अफ काठमाण्डु र ग्लोबल आईएमई बैंक पुस २५ देखि मर्ज हुँदै छन् । पुस २५ गते यी दुई बैंकको एकीकृत कारोबार हुने भएको हो ।
ग्लोबल आईएमई बैंकले जारी गरेको सूचनाअनुसार नेपाल राष्ट्र बैंक कम्पनी रजिस्ट्रारको कार्यालय र नेपाल राष्ट्र बैंकबाट स्वीकृत पाएसँगै एकीकृत कारोबार सुरु गर्न लागिएको हो ।
दुवै बैंकको साधारणसभाले समेत मर्जर प्रस्ताव स्वीकृत गरिसकको छ । मर्जरपछि बैंकको केन्द्रीय कार्यालय कमलादीमा रहने छ ।
मर्जरको निम्ति सेयर स्वाप अनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९ १३:४४
प्रतिक्रिया दिनुहोस्