१० क्लबले बुझे ‘ए’ डिभिजन लिगको पहिलो किस्ताको तयारी खर्च
काठमाडौँ–फागुन तेस्रो सातादेखि हुने तय भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ मध्ये १० क्लबले तयारी खर्च लिएका छन् । लिगका लागि ११ क्लबले ‘इट्री फर्म’ भरेको र त्यसमध्ये १० क्लबले तयारी खर्चको पहिलो किस्ता बुझेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
लिगका लागि चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी क्लब, एपीएफ, मछिन्द्र क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालय शेर्पा, थ्री स्टार क्लब, संकटा क्लब, न्युरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले तयारी खर्चबापत पहिलो किस्ताको रूपमा १५ लाख रुपैया बुझेका छन् ।
एन्फाले यसपटक लिगको तयारीका लागि क्लबहरूलाई ३२ लाख ५० हजार रुपैयाँ दिँदै छ । एन्फाले लिगका लागि शुक्रबारसम्म ‘इट्री फर्म’ भर्ने समय दिएको छ
‘ए’ डिभिजन लिग फागुन २० गरेदेखि हुनेछ ।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९ १६:३९
प्रतिक्रिया दिनुहोस्