Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थतन्त्र सुधारको प्रमुख आधार कृषि क्षेत्र हुनुपर्छः राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना

बिहीबार, पुस २१, २०७९

काठमाडौँ– राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले अहिलेको आर्थिक अवस्था सुधारका लागि कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन । 


नेपाल कृषि सहकारी केन्द्रीय संघको १५ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष तिमल्सिनाले कृषि र पशुपालनलाई आर्थिक रुपान्तरणसंग जोड्न सके मात्र देशको वर्तमान आर्थिक अवस्था सुधार गर्न सकिने बताए । 


उनले अर्थतन्त्र सुधारका लागि सरकार, सहकारी र निजी क्षेत्रलाई तीनखम्बे नीतिका रुपमा स्वीकार गरिसकेकोले अब आर्थिक समृद्धि मार्फत ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधार सहित समग्र देशको आर्थिक अवस्था सुधारमा कृषिलाई उच्च महत्वकासाथ सरकारले अगाडि बढाएको बताए । 


नेपाल कृषि प्रदान देश भएपनि कृषिको आयात प्रतिस्थापन हुन नसक्नुको कारण पहिल्याउँदै सुधारका कामहरुलाई सकारले पनि उच्च महत्वका साथ अगाडि बढाउने बताए । 


कार्यक्रममा सहकारी महासंघका पूर्व अध्यक्ष एवम् पूर्व मन्त्री केशव बडालले ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारका लागि खेलेको भूमिका प्रसंशा गर्न लायक रहेको बताए । उनले अहिले पनि कृषि र पशुपालनमा युवाहरुलाई आकर्षित गर्न नसकिरहेको अवस्थालाई ध्यानमा राखेर नेपाल कृषि सहकारी केन्द्रीय संघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए । 


नेपालमा सहकारी आन्दोलनलाई उत्पादन र उत्पादकत्व बढाउने कार्यमा साना किसानहरुले महत्वपूर्ण योगदान दिन सकेको भन्दै बडालले सरकारले किसानका लागि आवश्यक पर्ने सबै ऐन नियम र कानुनहरु निर्माण गरिदिनुपर्नेमा जोड दिए । 


कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी अभियानलाई माथी उठाउन नेपाल कृषि सहकारी केन्द्रीय संघले खेलेको भूमिका प्रति आभार प्रकट गरे ।

 

उनले दक्षिण एसियाकै उदाहरणीय संस्थाका रुपमा केन्द्रीय संघले काम गरेको भन्दै राउटे किसान देखी सिमान्तकृत, दलित, जनजाती, पिछडिएको वर्गलाई एकीकृत गर्न सफल भएकोमा खुसी व्यक्त गरे । 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १८:२३
प्रतिक्रिया दिनुहोस्