Nic Ad Nic Ad
Nic Ad Nic Ad

रोनाल्डोको ७ नम्बर जर्सीको कीर्तिमानी व्यापार

बजारको माग पूरा गर्नै धौधौ
बिहीबार, पुस २१, २०७९

एजेन्सी–पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो केही दिनअघि मात्रै एसियाली राष्ट्र साउदी अरबको क्लब अल नासरमा अनुबन्ध भएको समाचार र चर्चा विभिन्न दृष्टिकोणमा अहिले पनि चर्चाकै चुलीमा छ ।

 

रोनाल्डो विश्व रेकर्ड तलबमा नासरमा अनुबन्ध भएको पहिलो घण्टाबाटै उनको जर्सीको कीर्तिमानी व्यापार भइरहेको छ । अरबी मिडियाका रिपोर्ट अनुसार अल नासरलाई अहिले रोनाल्डोको आइकनिक ७ नम्बर जर्सी बेच्न भ्याईनभ्याई छ ।

 

रिपोर्ट अनुसार रोनाल्डोको ७ नम्बर जर्सीको माग यति बढेको छ कि, जर्सी तयार गर्ने कम्पनीलाई बजारको माग पूरा गर्नै धौधौ परिरहेको छ ।

अहिलेसम्म रोनाल्डोको जर्सी संख्याका हिसाबले कति थान बिक्री भएको भन्ने खुलेको छैन । तर, पैसाका हिसाबले अनुबन्धको चौथो दिनसम्म पुग्दा साउदी रियाल ५ मिलियन बराबरको जर्सीको व्यापार हुने अनुमान गरिएको छ । 

 

अल नासरले रोनाल्डो सार्वजकि गर्न भव्य कार्यक्रमको तयारी गरिरहे पनि मिति भने तय भइसकेको छैन ।

 

रिपोर्ट अनुसार रोनाल्डोको ७ नम्बर जर्सीको माग यति बढेको छ कि, जर्सी तयार गर्ने कम्पनीलाई बजारको माग पूरा गर्नै धौधौ परिरहेको छ । अहिलेसम्म रोनाल्डोको जर्सी संख्याका हिसाबले कति थान बिक्री भएको भन्ने खुलेको छैन । तर, पैसाका हिसाबले अनुबन्धको चौथो दिनसम्म पुग्दा साउदी रियाल ५ मिलियन बराबरको जर्सीको व्यापार हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्