स्ववियु निर्वाचनको तयारी जुट्न क्रान्तिकारी विद्यार्थी संगठनलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल (क्रान्तिकारी) लाई त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले बिहीबार अखिल (क्रान्तिकारी) का पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले स्ववियु चुनावको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।
प्रचण्डले आफ्नो प्रधानमन्त्रीको तेस्रो कार्यकालमा उल्लेख्य काम गर्ने लक्ष्य रहेको भन्दै गलत काम र प्रवृत्तिको आलोचना गर्नुपर्ने बताए । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु चुनाव ५ चैतमा सम्पन्न गर्ने गरी स्ववियू निर्वाचनको मिति प्रस्ताव गरेको छ । यद्यपि, यो मिति त्रिवि कार्यकारी परिषदबाट अनुमोदन भने हुन बाँकी छ ।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९ २०:४४
प्रतिक्रिया दिनुहोस्