हतार गरेर खानु स्वास्थ्यका लागि हानिकारक !
काठमाडौँ—हडबड नगरी शान्तिपूर्वक खाने व्यक्ति मोटोपनको रोग र अन्य मेटाबोलिक सिन्ड्रोमको खतराबाट मुक्त रहन्छ ।
एथेन्स युनिभर्सिटीका अलेक्जेण्डर काक्किनोस नामक वैज्ञानिकद्वारा सम्पन्न खोजमा उक्त तथ्यको पुष्टि गरिएको छ । खोजको निष्कर्षअनुसार हडबड नगरी शान्तचित्तले भोजन गर्दा रगतमा दुई प्रकारका न्युरो पेप्टाइड हार्मोनहरु पेप्टाइड वाइ–वाइ र ग्लुकोगान लाईक पेप्टाइड–१ को स्तर बढ्दछ ।
यी दुवै न्युरोपेप्टाइडको प्रभावले दिमागमा तृप्तिको महसुस गराउने र पेट भरिए नभरिएको सूचना सजिलैसँग प्राप्त हुन्छ । मूलतः यी हार्मोनहरु आमाशयिक हार्मोन हुन् ।
सामान्य अवस्थामा भोजन गरेको तीन घण्टाको अन्तरालमा मात्रै यी हार्मोनको निष्कासन बढ्ने गर्दछ तर जब खानालाई आरामले चबाउँदै बिस्तारै बिस्तारै ग्रहण गरिन्छ‚ यी दुई हार्मोन खाँदाखाँदै स्रावित हुन थाल्दछन् ।
खाना खाँदाखाँदै निष्कासित यी हर्मोन द्रुत गतिमा रगतमा मिसिएर मष्तिकमा सूचना पुर्याउन सक्षम हुन्छन् र दिमागले तुरुन्तै प्रतिक्रिया दिई पेट अघाएको सूचना दिन्छ र खाना बन्द गर्न सूचित गर्दछ । त्यस्तै‚ यी हार्मोनको असरले भोकको नशा‚ तीव्र क्षुधा तथा बढी क्यालोरी खानुपर्ने बानीमाथी पनि नियन्त्रण राख्दछ ।