Nic Ad Nic Ad
Nic Ad Nic Ad

वाइफाइको स्पिड बढाउन के गर्ने ?

शुक्रबार, पुस २२, २०७९

काठमाडौँ – इन्टरनेट आम जनजीवनको अभिन्न अंग बनिसकेको छ । अहिले अनलाइन तथा भर्चुअल स्वरुपमा धेरै काम हुन्छन् । धेरैकाम इन्टरनेटको माध्यामबाट गर्दा उच्च स्पीडको तथा गुणस्तरीय इन्टरनेट अत्यावश्यक पर्छ । वाइफाइको स्पीड कम भयो भने कम्प्युटरका धेरै कामहरु एकै साथ गर्न गाह्रो हुन्छ । 

 

इन्टरनेट सुस्त हुनुका विभिन्न कारण हुन सक्दछन् । तपाईंले खरीद गरेको इन्टरनेट प्याकेज नै कम क्षमताको हुँदा वाइफाइ स्पीड कम हुनु स्वभाविकै हो । तर कहिलेकाहिँ उच्च गतिको भनिएको इन्टरनेट समेत निकै सुस्त बनिदिन्छ । यस्तो अवस्थामा केही काइदा अपनाएर सुस्त बनेको वाइफाइको गति बढाउन सकिन्छ ।


वाइफाइ उत्कृष्ट तरिकाले काम गरोस् बन्नका लागि तपाईंले आफ्नो वाइफाइको अप्टिमाइजेसन गर्नुपर्दछ । यदि तपाईंले आफ्नो वाइफाइलाई रिबूट गर्नुभएको छैन भने एकपटक वाइफाइ रिबूट गरेर हेर्नुहोस् । यसो गर्दा वाइफाइका सिग्नल स्ट्रेन्थ बढ्न गई इन्टरनेटको गति बढ्दछ ।

 

वाइफाइको स्पीड निकै सुस्त बन्यो भने तपाईंले राउटरको स्विच अफ अन गरेर हेर्नुहोस् । यसरी राउटर रि–स्टार्ट गर्दा पनि इन्टरनेटको स्पीडमा सकारात्मक प्रभाव पर्ने सम्भावना हुन्छ ।


वाइफाइको राउटर ठीक ठाउँमा राख्नुहोस् । राउटरलाई कुनैपनि चिजवस्तुले छोपेर नराख्नुहोस् र खुल्ला तथा केही अग्लो ठाउँमा राख्ने गर्नुहोस् । यसबाट वाइफाइका तरंग सजिलैसँग प्रसार हुन पाउने हुन्छन् र जसले वाइफाइको स्पीड बढाउन सहयोग गर्दछ । यसका साथै राउटरको लोकेसन परिवर्तन गर्दा पनि स्पीड बढाउन सकिन्छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  ०८:१२
प्रतिक्रिया दिनुहोस्