Nic Ad Nic Ad
Nic Ad Nic Ad

व्यापार कुर्दै दमकको सेतुमारी बजार

शुक्रबार, पुस २२, २०७९

काठमाडौँ – झापाको दमक–१० सेतुमारीमा एक दशकअघि सुरु गरिएको सेतुमारी बजारको अस्तित्व नै सङ्कटमा पर्दै गएको छ । स्थानीय कृषि उत्पादनको सहज बजारीकरण गर्ने उद्देश्यले २०६७ सालबाट बजार सञ्चालनमा ल्याइएको थियो ।

 

यो बजार अहिले दमक नगरपालिकाले व्यवस्थापनमा बेवास्ता गर्दा त्यहाँका स्थानीय किसानसमेत मारमा पर्ने भएका छन् । सेतुमारी बजारमा साप्ताहिक पशु हाटसमेत लाग्ने गरेको छ । 

 

दमकको दक्षिणी क्षेत्रका साथै कमल गाउँपालिकाको पश्चिम दक्षिण, गौरादह नगरपालिकाको पश्चिम–उत्तरी क्षेत्रका साथै छिमेकी जिल्ला मोरङको उर्लाबारी र रतुवामाई नगरपलिकाका कृषकले सेतुमारी बजारमा कृषिका सामाग्री व्यापार गदै आएका छन् ।  बजारले नियमितता नपाउँदा बजारस्थल बेवारिसे बन्न पुगेको दमक–१० पूर्ववडाध्यक्ष बोधराज न्यौपाने बताउँछ्न । 


बजारको अवधारणाअनुरुप सेतुमारी बजार सञ्चालन गर्ने सोचले अवधारणा अघि बढाइएको छ । अब बजारका कृषिको व्यापारिक केन्द्र बन्नेसमेत उनले बताए । ‘हरेक हप्ताको मङ्गलबार लाग्ने गरी बजारको सुरुवात भएको थियो । अहिले यो बजार बेला–बेलामा मात्र लाग्ने गरेको छ । यो बजारमा कृषिका सामाग्री विशेष व्यापार हुने गरेको छ ।’

 

सेतुमारी बजारस्थलमा जुन उद्देश्यले संरचना निर्माण गरिएको थियो त्यसको सही उपयोग हुन नसक्दा सुरक्षा चुनौतीसमेत बढ्दै गएको स्थानीयवासीले गुनासो गरेका छन् । बजार क्षेत्रमा निर्माण भएका भौतिक संरचना दुव्र्यसनी थलो बन्लान कि भन्ने त्राससमेत पैदा हुँदै गएको स्थानीयवासीले चिन्ता व्यक्त गर्न थालेका छन् ।

 

त्यसैगरी, दमक नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा ५० लाखभन्दा बढी लगानीमा सटरसहितका दुईवटा पसल कवलको निर्माण गरिदिएको छ । तर यस स्थानमा अझसम्म पनि पुनः बजार सञ्चालनमा आउन नसक्दा ती लाखौँ मूल्यका भौतिक संरचना प्रयोग बिहीन बनिरहेका छन् । बजारका लागि भनेर निर्माण भएका सार्वजनिक शौचालय पनि जीर्ण बन्दै गएको छ ।

 

नौ कठ्ठा जग्गा क्षेत्रफल भएको यो बजार अहिले सम्बन्धित सरोकारवाला र सथानीयवासीले चासो र चिन्ता नराखिदिँदा बजारमा निर्माण भएका लाखौँ मूल्यका पसल कवल पनि प्रयोगविहीन बनिरहँदा राज्यकोषको लाखौँ बजेट दुरुपयोग भएको स्थानियावासी बताउँछन् । 

 

विशेष कारण केही समयपछि बजार सञ्चालन आउन नसक्दा त्यसैको निरन्तरस्वरुप एक दशक लामो समय बितिसक्दा पनि अहिलेसम्म यस स्थानमा पुनः बजार लाग्न सकिरहेको छैन । 

 

सेतुमारी बजार पुनः सञ्चालनका लागि प्रक्रिया भइरहेको र अब चाँडै स्थानीयवासी तथा सरोकारवालासँग छलफल गरी यो बजार सञ्चालनमा ल्याउने १० का वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १०:२८
प्रतिक्रिया दिनुहोस्