अर्थ मन्त्रालयमा सचिवद्वयले सम्हाले कार्यभार
काठमाडौं– अर्थसचिव तोयम राया र राजश्व सचिव डा. रामप्रसाद घिमिरेले आजबाट अर्थमन्त्रालयको कार्यभार सम्हालेका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार सिहंदरबारस्थित अर्थ मन्त्रालयमा नयाँ सचिवद्वय राय र घिमिरेलाई स्वागत गरेका हुन् ।
त्यसअघि अर्थमन्त्रीले सचिवद्वय कृष्णहरि पुष्कर र राजश्व सचिव रामेश्वर दंगाललाई विदा गरेका थिए । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयमा नयाँ जिम्मेवारीसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रायलाई अर्थ सचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घिमिरेलाई राजश्व सचिवमा सरुवा गरेको थियो ।
सरकारले अर्थसचिव पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा र राजश्व सचिव दंगाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९ १५:३९
प्रतिक्रिया दिनुहोस्