Nic Ad Nic Ad
Nic Ad Nic Ad

गुल्मीमा दोस्रो जिल्ला स्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने

शुक्रबार, पुस २२, २०७९

गुल्मी– गुल्मीमा दोस्रो जिल्ला स्तरीय आई.टि.एफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । रेसुङ्गा आई.टि.एफ तेक्वान्दो डोजाङ्ग तम्घास गुल्मीको आयोजनामा यहि पौष ३० गते दोस्रो जिल्ला स्तरीय आई.टि.एफ तेक्वान्दो प्रतियोगिता हुने भएको हो । 

 

जिल्लामा रहेका तेक्वान्दो खेलाडी क्षमता विकास तथा प्रोत्साहन गर्दै खेलाडलिाई देशमा चिनाउनका निम्ती तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको जिल्ला आई.टि.एफ तेक्वान्दो संघ गुल्मीका उपाध्यक्ष अजय वुढामगरले बताए । उपाध्यक्ष वुढामगरले भने गुल्मीमा ९ वटा डोजाङ्ग छन् जसबाट २ सय माथि खेलाडीको सहभागी हुनेछन् । 

 

प्रतियोगितामा प्रथम ,दोस्रो र तेस्रो हुनेले क्रमश संवरण रजत र कास्य पदक प्राप्त गर्ने छन् । प्रतियोगिता रेसुङ्गा नगरपालिकाको जिल्ला खेलकुद विकास समितिको हलमा हुनेछ ।आई.टि.एफ तेक्वान्दो राष्ट्रिय खेलकुद परिषदमा वि.स. २०६३ मा आधिकारिक रुपमा दर्ता भएको संस्थाले राष्ट्रिय,अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको छ । 


गुल्मी जिल्लामा वि.सं २०६७ सालमा स्थापना भएको संस्था र खेलाडीले विभिन्न प्रतियोगितामा सहभागी भई विभिन्न पदक जिल्लामा भित्राउन सफल भएका छन् । २०७० साल रिडिमा प्रथम जिल्ला स्तरीय आई.टि.एफ तेक्वान्दो प्रतियोगिता आयोजना गरेको थियो । ९ बर्षको अन्तरालमा गुल्मी सदरमुकाम तम्घासमा दास्रो जिल्ला स्तरीय आई.टि.एफ तेक्वान्दो प्रतियोगिता हुदैँ छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्