Nic Ad Nic Ad
Nic Ad Nic Ad

राप्रपाको माग सम्बोधन– पृथ्वी जयन्तीमा सार्वजनिक बिदा राखियो

शुक्रबार, पुस २२, २०७९

काठमाडाै‌– सत्ता साझेदार दलहरूले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रतिवेदनमा पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने विषय पनि समावेश गरिएको छ।

 

राप्रपाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने र पुस २७ मा बिदा दिनुपर्ने अडान राखिरहेको छ। राष्ट्रिय एकता दिवसका रुपमा मनाउने विषय टुङगो नलागेपनि पृथ्वी जयन्तीका दिने निर्णय भएको राप्रपा महामन्त्री धवलशम्शेर राणाले जानकारी दिए । उनी कार्यदल सदस्य समेत छन् ।

 

राप्रपा महामन्त्री धवलशम्शेर राणाले पृथ्वी जयन्तीमा बिदा दिने विषय न्यूनतम साझा कार्यक्रममा समेटिएको बताए। शनिबार शीर्ष नेतालाई बुझाउने मस्यौदामा पृथ्वी जयन्तीमा बिदा दिने विषयमा निर्णय भएको छ । त्यही भएर आगामी आइतवार शीर्ष नेताले मस्यौदामा पारित गरेपछि कार्यन्यवनमा आउने उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्