Nic Ad Nic Ad
Nic Ad Nic Ad

कागेश्वरीमा सुरु भयो कृषिमा आत्मनिर्भर कार्यक्रम

शुक्रबार, पुस २२, २०७९

काठमाडौँ– कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषि केन्द्रको शुभारम्भ गरिएको छ । नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले सदस्य उद्यमशीलता कार्यक्रम अन्तर्गत उक्त केन्द्रको उद्घाटन गरेका हुन।

 

हरहर महादेव सहकारी संस्थाको भागिनी संस्थाको रुपमा रहेको हरहर महादेव कृषि केन्द्रले ४० रोपनी जग्गा भाडामा लिएर खेती सुरु गरेको छ । यो परियोजनालाई नगरपालिकाको नमूना परियोजनाको रुपमा हेरिएको छ । परियोजनाको शुभारम्भ गर्दै नगर प्रमुख कार्कीले यसलाई नमूना बनाउन नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

 

यो परियोजनाले नगरपालिकालाई कृषिमा समृद्ध बनाउन सहयोग गर्ने विश्वास गरिएको सुनाउदै उनले यसले नगरभित्र रोजगारीको पनि सिर्जना गर्ने बताए। कार्यक्रममा नगर उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलालगायतले परियोजना सफलताका लागि सबैको सहयोग हुनुपर्नेमा जोड दिए। यसका लागि आवश्यक समन्वय गर्न कन्जुस्याई नगर्ने उनीहरुको प्रतिबद्धता थियो । 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  २१:३९
प्रतिक्रिया दिनुहोस्