Nic Ad Nic Ad
Nic Ad Nic Ad

रोनाल्डो आएपछि साउदीको 'अल नासर' क्लबको चर्चा चुलियो

शनिबार, पुस २३, २०७९

काठमाडौँ- दुई दिनअघि पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल नासरसँग सम्झौता गरेका छन् । उनको सम्झौता पनि साउदी अरबको अल नासर क्लब विश्वको चर्चाको विषय पनि बन्यो । रोनाल्डो क्बलमा आएसँग आसर क्लबको चर्चा मात्र होइन ।

 

सामाजिक सञ्जालमा यो क्बलको फलो पनि बढेको क्लबलाई उद्धत गदै गल्फ न्युजले जनाएको छ ।

 

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले एक महिनाअघि सम्झौता भंग गरेपछि ३७ वर्षे रोनाल्डो साउदीको अल नासरमा व्यवसायिक फूटबल खेल्न आएका हुन् । उनी आएसँग उनका पmयानले क्लबलाई पछ्याएका छन् ।

रोनाल्डोलाई २० करोड डलरमा भित्र्याएपछि अल नासले अहिले धेरैको ध्यान तानेको छ । यो क्लब कस्तो हो भन्नेबारेमा चर्चा समेत चुलिएको छ । उनीसँगै साउदीको उक्त क्लबमा अन्य केही स्टार खेलाडी पनि भित्राउन तयारी भइरहेको क्बलको तयारी छ । 
रोनाल्डो र क्लबमा मात्र होइन । एसियाकै देशका अन्य क्लबको अवस्थाका बारेमा युरोप र अफ्रिकी देशका खेलाडीले चासो राख्न थालेका छन् ।

 

नासर क्लबमा आएपछि रोनाल्डोले २ वटा महत्वपुर्ण बाचा गरेका थिए ।  ‘म भाग्यशाली छु कि, मैले युरोपेली फुटबलमा जित्नका लागि चाहेका सबै कुरा जितेको छु । र, अहिले एसियामा मेरो अनुभव बाँड्ने यो सही समय हो भन्ने महसुस गर्छु । यसकारण म नयाँ ठाउँको फुटबल क्लब रोजे ।

 

उनले ‘म मेरो टोलीका साथीहरूसँग सामेल हुन र टोलीलाई थप सफलता हाँसिल गर्नका लागि मद्दत गर्न धेरै उत्साहित छु । यो मेरा लागि नयाँ यात्रा हो । म पछिल्ला निराशा र खराब समय भुलेर नयाँ सोचाक साथ अघि बढ्छु । अहिलेलाई म यहाँ हुनुको अर्थ सबै कुराका लागि मेहनत गर्नु हो । समय परिवर्तनशील छ ।’ गरेको यो दोस्रो बाचा थियो । ‘म फरक लिग र फरक देशमा नयाँ अनुभवका लागि उत्साहित छु । अल नासरको दृष्टिकोण र योजना धेरै प्रेरणादायक छ । म मेरो टोलीका साथीहरूसँग सामेल हुन धेरै उत्साहित छु । म चाँडोभन्दा चाँडो टोलीका साथमा प्रशिक्षण गर्न र पहिलो खेल खेल्न खोजीरहेको छु ।’ उनले गरेको तेस्रो बाचा यस्तो थियो ।

रोनोल्डोसहित नासर क्लबमा विदेशी खेलाडीको रुपमा कोलम्बियन गोलकिपर डेविट ओस्पिना छन् । उनले पहिले आर्सनल र नेपोलीबाट खेलेका थिए । ब्राजिलका पूर्व मिडफिल्डर लुइज गुस्तावो पनि अल नासरमा छन् ।

 

साउदी अरेबियाको शीर्ष लिग साउदी प्रोफेशनल लिग (एसपीएल)मा खेल खेल्न १८ मध्ये एक क्लब हो अल नासर । यो क्लब सन् १९५५ मा व्यवसायिक फुटबल खेलाडीकै लागि खोलिएको थियो । अल नासर साउदी अरबको राजधानी रियादमा रहेको छ । यो क्लब साउदीको शीर्ष डिभिजन क्लब हो ।

 

अल नासर लिग फुटबलमा साउदीको दोस्रो सफल टिम हो । यो क्लबले ९ पटक एसपीएलको उपाधि जितेको छ । यस क्लबले पछिल्लो पटक २०१८–१९ को सिजनमा लिग जितेको थियो । लिगमा अल हिलाल क्लबले सर्वाधिक १८ पटक उपाधि जितेको छ । यी क्बलमा साउदीका राजाले आफनो विशेष अवसरका फुटबल खेलको आयोजना गदै आएका छन् ।

 

एसपीएलले रोनाल्डोलाई आफ्नो क्लबमा आबद्द गर्न साउदी अरेबियन क्लब अल नासरले एक लज्जास्पद काम गरेको समेत आरोप लागेको छ । क्लबमा आबद्द हुनको लागि रोनाल्डोले जर्सी नम्बर ७ को माग राखेका थिए ।

 

क्लबमा जलालादिन मशरपोभले ७ नम्बर जर्सीमा खेल खेल्दै आएका थिए । क्लबसँग रोनाल्डोलाई ७ नम्बर जर्सी मागेपछि मशरपोभले उक्त जर्सी दिन अस्वीकार गरेपछि साउदी अल नासर क्लबले जलालादिनको सम्झौता नै खारेज गरेको थियो ।

 

रोनोल्डो पाएको उक्त ७ नम्बर जर्सी साउदीमा मात्र होइन खाडीका अन्य देशमा पनि धेरै व्यापार भएको गल्फ न्युजले जनाएको छ ।

 

अल नासरले सन् १९९० मा साउदीको नकआउट कप र ६ पटक किङग्स् कप जितेको छ । लिगमा सर्वाधिक गोलकर्ता रहेका माजिद अब्दुल्लाह पनि अल नासरबाट खेल्छन् । साउदी अरेबियाका पूर्व स्ट्राइकर उनले १८९ गोल गरेका छन् ।

 

अल नासर सन् १९९५ मा एसियाको प्रमुख क्लब प्रतियोगिता एएफसी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो । अल नासरको घरेलु मैदान भनेर मसालु पार्कलाई चिनिन्छ, जसको दर्शक क्षमता २५ हजार हो । त्यसयता क्लबले चार पटक एएफसी च्याम्पियन लिगको उपाधि जितेको छ । प्रतिस्पर्धी क्ल अल हिलालले भने अहिलेसम्म २ पटक मात्र एएफसी च्याम्पियन्स लिग उचालेको छ ।

 

अल नासरको प्रशिक्षकमा फ्रेन्च प्रशिक्षक रुडी गार्सिया छन् । यो क्लबमा उनी जुनमा आवद्ध भएका थिए । उनले यो क्लबमा आउनुअघि  लिली, एएस रोमा, ओलम्पिक मार्सेले र ओलम्पिक लियोनिसको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।

 

एसपीएल क्लबले ८ जना विदेशी खेलाडी राख्न पाउने व्यवस्था छ । जसमध्ये एउटा खेलमा सात विदेशी खेलाडीले मात्र मैदानमा उत्रिन पाउँछन् । अल नासरमा विदेशी खेलाडीको रुपमा क्यामरुनका विश्वकप नायक विन्सेन्ट अबुबकर छन् ।

 

अल नासरले २०२३–२४ को एएफसी च्याम्पियनसिप खेल्नका लागि यस पटक लिग च्याम्पियन जित्नुपर्ने बाध्यता छ । हाल, एएफसी च्याम्पियनसिप खेल जारी छ ।

 

एएफसी च्याम्पियनसिप अल नासर १० औं चरणका खेलपछि दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको अल शबाब भन्दा २ अंकले पछि पर्दै अल नासर दोस्रो स्थानमा छ ।

 

अन्तर्राष्ट्रिय फुटबलमा उनले १०० भन्दा बढी गोल गरिसकेका रोनाल्डोको आसमा छ अहिले नासर क्लब । रोनाल्डोको फुटबल कला र गोल गर्ने क्षमता उत्कृष्ट छ । उनले क्लब फुटबलमा हालसम्म ७०० भन्दा धेरै गोल गरिसकेका छन् । जसका कारण यो पटक एएफसी च्याम्पियनसिप अल नासर जित्नेमा विश्वासमा प्रशिक्षक रुडीलाई छ । रोनाल्डो ८१९ स्ट्राइक रेट सहित गोलकर्ताको सुचीमा शिर्ष स्थानमा छन् ।

 

पछिल्लो सिजनमा म्यानचेष्टर युनाइटेडमा निकै उतारचढावको बावजुत पनि उनले प्रिमियर लिगमा १८ खेलमा २४ गोल गरेका थिए । उनले कतारमा सम्पन्न विश्वकप २०२२ मा पोचुर्गलबाट लगातार पाँच पटक विश्वकपमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।

 

पोर्चुगिज सुपरस्टारले सन् २००३ मा फिफा ४ मा ८० को रेटिङका साथ फिफा गेम डेब्यू गरेका थिए। फिफा ६ मा, उनले ९१ को रेटिङ प्राप्त गर्दै पहिलो पटक ९० क्लबमा इन्ट्री मारेका थिए । स्पोर्ट बाइबलले रिपोर्ट गरेअनुसार पाँच पटकको बालोन डी’ओर विजेताको फिफा २३ रेटिङ अहिले ८८ मा झरेको छ । फिफा १७ मा उनी उत्कृष्ट खेलाडी बनेका थिए । -यो रिपोर्ट एजेन्सीको सहयोगमा तयारी परेको छ । 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  ०९:५६
प्रतिक्रिया दिनुहोस्