Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक सातामा सुनको मूल्य प्रतितोला ९०० ले बढ्यो

शनिबार, पुस २३, २०७९

काठमाडौँ –एक सातामा सुनको मूल्य प्रतितोला ९०० रुपैयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा सुनको मूल्य ९०० रुपैयाले मूल्य बढेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० रुपैयाँ थियो भने यो साताको शुक्रबारसम्ममा बढेर १ लाख २ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख १ हजार ८०० रुपैयाँ रहेको महासंघले जनाएको छ ।


यो साता पहिलो कारोबार दिनदेखि नै बढ्न थालेको सुनको मूल्य सोमबार स्थिर रहेर लगातार ४ दिनसम्म बढेको थियो । आइतबार र सोमबार तोलामा १ लाख १ हजार ७०० रहेको सुनको मूल्य मंगलबार ९०० र बुधबार २०० ले बढेको थियो । यस्तै, बिहीबार पनि २०० ले बढेर तोलामा १ लाख ३ हजार १०० पुगेको सुन शुक्रबार केही घट्दै रोकिएको हो ।


यसैगरी, यो साता चाँदीको मूल्य भने घटेको छ । महासंघले गत सातको शुक्रबारको तुलनामा यो साताको शुक्रबार मूल्य घटेको जानकारी दिएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार घटेर १३ सय ६५ रुपैयाँमा आइपुगेको छ ।

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्