Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्यानडामा विदेशी नागरिकलाई निश्चित किसिमका घरहरू किन्न रोक

शनिबार, पुस २३, २०७९

काठमाडौँ–क्यानडामा विदेशी नागरिकले आगामी २ वर्षका लागि निश्चित किसिमका घरहरू किन्न नपाउने भएका छन् ।
क्यानाडामा विदेशी नागरिकका लागि यो नियम जनबरी १, २०२३ देखि लागु भएको छ ।


क्यानडा मोर्गेज एण्ड हाउजिङ कर्पोरेसनकाअनुसार त्यहाँको नागरिक, स्थायी बासिन्दा अथवा इन्डियन एक्टअनुसार दर्ता भएका बाहेकका मानिसहरूलाई घर किन्न रोक लगाइएको हो ।


यो कानुनअनुसार बढीमा ३ परिवारका लागि हुने घरहरू मात्रै किन्न रोक लगाइएको हो । ब्यावसायिक प्रयोजनका ठुला घरहरू किन्न रोक लगाइएको छैन ।


आवासीय क्षेत्रको घर नभएको जमिन किन्न पनि रोक लगाइएको हो । विदेशी नागरिकका स्वामित्वमा रहेका कम्पनीहरूले पनि क्यानडामा हाललाई लगानी गर्न रोकिएको हो ।


तर, यो प्रतिवन्ध तोकिएका शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूका हकमा भने लागु नहुने जनाइएको छ ।


क्यानाडामा ५ वर्षदेखि कर तिरेको र पछिल्ला ५ वर्षदेखि यहाँ बसोबास गरेको, यस अघि कुनै घर नकिनेकाहरू ५ लाख भन्दा कम मूल्यका घर किन्न पाउने छन् ।


क्यानडाको सक्रिय कामदार भिसा भएको विदेशी कामदार नागरिकले पनि घर किन्न पाउँछन् । तर, उनीहरूले कर चुक्ता गरेको, यस अघि घर नकिनेको र पछिल्ला ४ वर्षमा ३ बर्ष क्यानडामा काम गरेको भने हुनु पर्छ ।


शरणार्थी संरक्षणका लागि निवेदन दिएका मानिसहरूले पनि घर किन्न सक्ने कर्पोरेसनले जनाएको छ । कतिपय विदेशी नियोगका कर्मचारीले पनि घर किन्न पाउने छन् ।  


घना बस्ती भन्दा बाहिरका स्थानमा कारोबार गर्न भने रोकिएको छैन । यो कानुन उल्लंघन गरेर कारोबार गरे अथवा कसैले कारोबार गर्न सहयोग गरे १० हजार डलर जरिबाना गरिने छ ।

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १२:१७
प्रतिक्रिया दिनुहोस्