नेपाल टी–२० को प्लेअफमा विराटनगर पुग्यो
काठमाडौँ– नेपाल टी–२० को लिग चरणको अन्तिम खेलमा विराटनगर सुपर किङ्सले काठमाडौंलाई ७ विकेटले पराजित गर्दै अफ प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रनको लक्ष्य पेस गरेको थियो । विराटनगरले १८.४ ओभरमा ३ विकेट मात्रै गुमाउँदै १६० रन बनाएर जित हात हासिल गरेको हो ।
विराटनगरको जितका लागि कप्तान रोहित पौडेलले ४२ बलमा ६६ रनको अर्धशतकीय पारी खेल्दै रन आउट भए । उनले ५ चौका र ३ छक्का प्रहार गरे ।
यो जितसँगै विराटनगर प्लेअफ पुग्ने तेस्रो टिम बनेको छ । काठमाडौँ शनिबार हुने दोस्रो खेलमा पोखरा फारवेष्टसँग पराजित भएको खण्डमा मात्र प्लेअफ पुग्ने सम्भावना रहन्छ ।
दोस्रो खेल फारवेष्ट युनाइटेड र पोखरा एभेन्जर्सबीच हुनेछ ।
प्रकाशित मिति: शनिबार, पुस २३, २०७९ १३:३०
प्रतिक्रिया दिनुहोस्