Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपति भण्डारीद्वारा ‘मदन पुरस्कार पुस्तकालय’को अवलोकन

शनिबार, पुस २३, २०७९

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले मदन पुरस्कार पुस्तकालयको अवलोकन गरेकी छन् । राष्ट्रपति भण्डारीले साझा यातायातको विद्युतीय साझा बसमा सवार भएर शनिबार ललितपुरको पाटनढोका पुगी सो पुस्तकालय र ललितपुरमा नै रहेको पूरातात्विक तथा ऐतिहासिक महत्वको पिम्बहाल पोखरीको पनि रुचिपूर्वक अवलोकन गरेकी थिइन।

त्यस अवसरमा उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले स्वागत गरेका थिए ।  

 

पुस्तकालयको अवलोकन गर्ने क्रममा राष्ट्रपति भण्डारीले २०१५ सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीको चुनावी घोषणा पत्रको एक थान लिएका थिए भने स्वास्थानी ब्रत कथा, गरुड पुराणलगायतका पुस्तकहरुको ब्रिफिङ रुचिपूर्वक सुनेका ललितपुर महानगरपालिकाका मेयर महर्जनले जानकारी दिए । उनले भने, ‘उहाँले स्वास्थानीको कितावदेखि लिएर गरुढ पुराणदेखि लिएर थुप्रै पुस्तकबारे उनलाई ब्रिफिङ गर्नु भयो ।

 

त्यसपछि उहाँले त्यसको ध्यानपूर्वक अवलोकन गर्नु भयो । उहाँले निकै चासो राखेर पढनु भयो । र, २०१५ सालको चुनाव हँुदाखेरीको चाँही नेपाल कम्युनिष्ट पार्टीको मेनेफेस्टो पनि त्यहाँ रहेछ । त्यो चाँही उहाँले एक कपी लिनु भयो । यहाँ आउने चाहना राष्ट्रपतिज्यूले धेरै अघिदेखि गर्नु भएको थियो । कहिले कोभिड भन्यो, कहिले के भन्यो । अरु दिन आउँदाखेरी ट्राफिक जाम हुन्छ, जनतालाई दुःख हुन्छ भनेर उहाँले विदाको दिन शनिबार नै छान्नु भयो ।’

 

मदन पुरस्कार पुस्तकालय नेपालको निजी क्षेत्रको सबै भन्दा ठूलो र ८५ हजार भन्दाबढि पुस्तकहरुको अभिलेख व्यवस्थापन गरिएको निजी क्षेत्रद्वारा संचालित पुस्तकालय हो । यसको अवलोकन गर्ने राष्ट्रपति भण्डारीको यस अघिदेखिको चाहना रहेको र त्यो कोभिड लगायतका कारणले ढिलाई भएको पनि मेयर महर्जनले बताए । यसैबीच, राष्ट्रपति भण्डारीले ललितपुरमै रहेको पिम्बहाल पोखरीको पनि अवलोकन गरेकी थिइन् । त्यस अवसरमा उनलाई मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले रचना गरेको धुन बजाएर सुनाइएको थियो भने उनले त्यसलाई ध्यानपूर्वक सुनेकी थिइन।

 

राष्ट्रपति भण्डारीले ट्राफिक जामका कारण सर्वसाधारणले सास्ती पाउने अवस्था नआओस् भनेर शनिबार बिदाको दिन पारेर सो पुस्तकालय र पोखरीको अवलोकन गरेको मदन पुरस्कार पुस्तकालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १७:२०
प्रतिक्रिया दिनुहोस्