बाबुराम भट्टराई पनि माओवादीमा मिसिने, महराको नेतृत्वमा बन्यो वार्ता टोली
काठमाडौँ– डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता वार्ताको लागि माअओवादी केन्द्रले वार्ता टोली गठन गरेको छ ।
उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली बनाएको उपमहासचिव गिरिराजमणि पोखरेलले बताए । वार्ता टोलीमा महासचिव देव गुरुङ र उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य रहेका छन ।
दुवै पार्टी एक भएपछि ७ वर्षपछि प्रचण्ड र बाबुराम भट्टराई एकै पार्टीमा हुनेछन् । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र भट्टराईले पार्टी एकतालाई चाडो निष्कर्षमा पुर्याउनेबारे छलफल गरेका थिए ।
गत चुनावमा पनि नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रले एउटै चुनाव चिन्हमा चुनाव लडेका थिए । नेपाल समाजवादी पार्टीले भने भोलि वार्ता टोली गठन गर्ने बताएको पोखरेलले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, पुस २३, २०७९ १९:१५
प्रतिक्रिया दिनुहोस्