Nic Ad Nic Ad
Nic Ad Nic Ad

खर्च कम गर्न मस्कले दिएनन् कर्मचारीलाई तलब, ट्वाइलेट पेपरसमेत आफै ल्याउनु पर्ने

आइतबार, पुस २४, २०७९

काठमाडौँ– आर्थिक मन्दी भएपछि एलोन मस्कले कर्मचारी घटाएका छन् । ट्वीटरबाट घटाएका कर्मचारीलाई पैसा पनि नदिएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । 

 

एलोन मस्क ट्विटरको नयाँ मालिक बनेदेखि नै धेरै समाचारमा छन्। कम्पनीबाट बर्खास्त गरिएका कर्मचारीलाई तीन महिनाको तलब दिने निर्णय भए पनि  तलब नपाएको कर्मचारीको गुनासो छ । अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाए अनुसार ट्वीटरका पूर्व सिईओ पराग अग्रवालले पनि पैसा पाएका छैनन् । 

 

उनले ट्वीटर ४४ बिलियन डलरमा किनेका थिए । मालिक बनेपछि उनले कम्पनीमा धेरै फेरबदल पनि गरे । यसमा लागत कटौतीको सूत्र पनि अपनाएको थियो, जसका कारण कम्पनीले खर्च बचत गर्न खोजेको थियो ।

 

ट्विटरले आफ्ना कर्मचारीहरूलाई कार्यालयमा आफ्नै ट्वाइलेट पेपर ल्याउन बाध्य पारेको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन्। एलोन मस्कले आफ्नो सानफ्रान्सिस्कोको अफिसमा रहेका कम्पनीका पहरेदारलाईसमेत बर्खास्त गरेका छन् । यी सबै कुराहरू एलोन मस्कले लागत नियन्त्रणको गरेका हुन् । 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  ०७:१९
प्रतिक्रिया दिनुहोस्