ग्लाेबल आइएमई र बिओकेकाे देशव्यापी प्रभातफेरी
काठमाडौँ- मर्जरमा गएका ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डू लिमिटेड (बिओके)ले संयुक्त रूपमा देशव्यापी प्रभातफेरी गरेका छन् ।
वित्तीय साक्षरतामूलक प्लेकार्ड तथा बयानरसहित प्रभातफेरी गरिएको थियो । २ बैंक मर्जरपछि २५ पुसदेखि ग्लोबल आइएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु हुँदै छ ।
मर्जरपश्चात् बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५ अर्ब ७७ करोड पुगेको छ । त्यस्तै कुल निक्षेप ४ खर्बभन्दा बढी र कुल कर्जा ३ खर्ब ७९ अर्ब भन्दा बढी पुगेको छ ।
भोलिबाट ग्लोबल आइएमईले ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखारहित बैंकिङ एकाइ, ६१ विस्तारित शाखा कार्यालय र ३ वटा विदेशस्थित सम्पर्क कार्यालयबाट सेवा दिनेछ ।
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९ १२:१२
प्रतिक्रिया दिनुहोस्