१ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार
काठमाडौँ–सेयर बजारमा लगानीकर्ताको उत्साह कायमै छ । साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसुचक र कारोबार रकम दुबैमा बृद्धि दखिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबारको सेयर बजार २०.६८ अंकले बढेको छ । परिसुचक बढेर आज २१६४.६१ अंकमा पुगेको छ ।
नेप्सेमा १ करोड ४१ लाख कित्ता सेयर ५ अर्ब ४५ करोड रपैयाँमा खरिद विक्री भए । हिमालयन डिष्टिलरीको सेयर सबैभन्दा बढी कारोबार भएको छ । सो कम्पनीको आज २१ करोड रुपयाँको सेयर कारोबार भएको छ । यस्तै, शिवम् सिमेन्टको १९ करोड ६८ लाख रुपैयाँको र रिडी पावरको १५ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । खप्तड लघुवित्त र बारही हाइड्रोपावरको सेयर सर्किट तहमा भएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९ १५:५४
प्रतिक्रिया दिनुहोस्