निर्देशक झाको निधन
काठमाडौँ–चलचित्र निर्देशक अरुण कुमार झाको निधन भएको छ । हृदयघातमा कारण आइतबार शिक्षण अस्पताल महाराजगन्जमा ७२ वर्षको उमेरमा उनको निधन भएको हो ।
‘सोल्टिनी’, ‘चण्डाल’, ‘भुतुक्कै भएनी’ जस्ता फिल्म निर्देशन गरेका उनी लामो समयदेखि बिरामी थिए । दोश्रो पटक हृदयघात भएपछि उनलाई आइतबार बिहानै अस्पताल पु¥याइएको थियो । झाको अन्त्येष्टी आइतबार नै पशुपति आर्यघाटमा गरिएको छ ।
‘सोल्टिनी’की अभिनेत्री मेघा पोखरेलसँग उनले दोश्रो विवाह गरेका हुन् । राजविराज स्थायी घर भएका झा पछिल्लो समय श्रीमती मेघाका साथ काठमाडौँको डिल्लीबजारमा बस्दै आएका थिए ।
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९ १७:२०
प्रतिक्रिया दिनुहोस्