Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुस र युक्रेन वार्ता गराउन टर्की इच्छुक

आइतबार, पुस २४, २०७९
अङ्कारा– टर्कीले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धको अन्त्य गरी शान्ति वार्ता गराउन इच्छुक रहेको जनाएको छ ।रुस र युक्रेनका बीचमा वार्ता गराउने सम्बन्धी कार्यका लागि टर्कीले इच्छा देखाएको र यसका लागि दुवै तर्फबाट स्थायी प्रकृतिको युद्धविराम गर्नुपर्नेमा पनि जोड दिएको जनाएको छ ।
 
 
बिहीबार मात्र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले उहाँका रुसी र युक्रेनी समकक्षीसँग फोनवार्ता पनि गरेका थिए । त्यस वार्ताका क्रममा पनि उनले रुस र युक्रेनका बीचमा हाल जारी रहेको युद्धको अन्त्यका लागि स्थायी प्रकृतिको युद्धविराम गर्नुपर्ने आग्रह गरेको उनको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
 
 
त्यस फोनवार्ताका क्रममा राष्ट्रपति एर्डोगानले आफू रुस र युक्रेनका बीचमा जारी रहेको युद्धको अन्त्यका लागि मध्यस्थता गर्न तयार रहेको बताएको थियो ।उनले रुस र युक्रेन दुबैलाई स्थायी युद्धविराम गर्न आग्रह गर्दै त्यसपछि आफूले शान्ति वार्ताको मध्यस्थता गर्ने बताएका थिए ।
 
 
अघिल्लो वर्षको फेब्रुअरीदेखि युक्रेनमा हमला गरेको थियो । त्यसपछि अहिलेसम्म पनि रुसले युक्रेनका विभिन्न सहरमा हमला जारी नै राखेको बताइएको छ । शान्ति वार्ताका लागि विश्वका विभिन्न देशले आग्रह गरेको भए पनि यी दुई देशले मानेका छैनन् । – रासस/सिन्ह्वा

 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १८:३९
प्रतिक्रिया दिनुहोस्