Nic Ad Nic Ad
Nic Ad Nic Ad

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

आइतबार, पुस २४, २०७९

काठमाडौँ– पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य नेपाल आयल निगमले घटाएको छ ।

 

निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँ घटाएको छ ।


घटेपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ । निगमले हवाई इन्धनको मूल्य भने उच्च दरले घटाएको छ ।

 

वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाएको छ भने आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिएका थिए । वाणिज्य तथा आपूर्ति सचिव निगम सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था छ । 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  २०:२०
प्रतिक्रिया दिनुहोस्