Nic Ad Nic Ad
Nic Ad Nic Ad

किन पर्छ जाडोमा चाया ?

सोमबार, पुस २५, २०७९

काठमाडौँ– यस वर्षको जाडो उत्कर्षमा पुग्ने क्रममा छ । चिसो बढेसँगै स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ । त्यस्तै जाडो मौसममा विभिन्न छालाजन्य समस्याहरू आइपर्छन् ।


जाडो मौसममा चाया किन पर्छ र यसबाट कसरी छुटकारा पाउने भनेर धेरैको टाउको दुखाइको विषय हुने गर्छ । 


छाला रोग विशेषज्ञ डाक्टर शम्भु दत्तका अनुसार जाडोमा छाला सुख्खा हुने भएकाले बढी चाया पर्छ । हाम्रो छालामा इपिडर्मिस, डर्मिस तथा सबक्युटेनियस टिस्यु गरी ३ तह हुन्छन् ।


इपिडर्मिसको सबैभन्दा तल्लो तहमा मेलानोसाइड भन्ने कोशिका हुन्छ जसले छालालाई रङ दिने काम गर्छ । छालामा चाया–पोतो तथा दाग–धब्बाहरू पनि यही मेलानोसाइडका कारण आउँछ ।


यो समस्याको समाधानका लागि डाक्टरी उपचारका साथै बिहान १० देखि २ बजेसम्मको घामबाट जोगिने, सनस्क्रिन लगाउने, ह्याट लगाउनेजस्ता उपाय अपनाउन सकिन्छ ।

 

चाया पर्ने कारण 


विशेष गरी मानिसहरू जाडोमा चिसो हुने भएकाले सरसफाइमा ध्यान दिएको देखिँदैन त्यसकारण सरसफाइ पनि चायाको कारक हो । सरसफाइमा ध्यान नदिने मानिसमा चाया पर्ने सम्भावना बढी हुने डाक्टर दत्त बताउँछन् ।


कम नुहाउने बानीले पनि कपालमा चाया पर्न सक्छ । शरीरमा हुने हर्मोन परिवर्तन, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि चाया पर्छ ।


त्यस्तै, सुख्खा वातावरणमा बस्दा पनि कपालमा चाया पर्ने समस्या हुन्छ । लामो समयदेखिको तनाव, थकान, चिन्ता र टाउकोमा हुने एलर्जीका कारण पनि चाया पर्ने समस्या हुन्छ ।


चायाबाट बच्नका लागि विशेष गरी सरसफाइमा ध्यान दिने र आफूले प्रयोग गरेको टोपी, कपाल नुहाउँदा प्रयोग गर्ने रुमाल, साबुनहरू छुट्टाछुट्टै प्रयोग गर्ने र कपाललाई मोइस्चराइज राख्न नरिवलको तेल प्रयोग गर्नुपर्छ ।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  ०६:२०
प्रतिक्रिया दिनुहोस्