Nic Ad Nic Ad
Nic Ad Nic Ad

ग्लोबल आइएमई र बैंक अफ काठमान्डुको एकीकृत कारोबार आजदेखि

सोमबार, पुस २५, २०७९

काठमाडौँ – आजदेखि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डुले एकीकृत कारोबार गर्दै छन् । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका यी २ बैंकले एकीकृत कारोबार थाल्ने भएका हुन् ।

 

दुवै बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सम्पूर्ण वित्तीय कारोबार एकीकृत कारोबार सोमबारदेखि ‘ग्लोबल आइएमई बैंक लिमिटेड’का नामबाट हुन लागेको हो ।

 

ग्लोबल आइएमई बैंकले बैंक अफ काठमान्डुलाई मर्ज गरेपछि मुलुककै ठुलो बैंक बन्दै छ । मर्जरपश्चात् बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५.७७ अर्ब रुपैयाँ, कुल निक्षेप ४ खर्ब, कुल कर्जा ३ खर्ब ७९ अर्ब रुपैयाँभन्दा बढी पुग्ने भएको बैंकले जनाएको छ ।

 

ग्लोबल आइएमई बैंकमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भइसकेका छन् ।   

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  ०९:१२
प्रतिक्रिया दिनुहोस्