Nic Ad Nic Ad
Nic Ad Nic Ad

खार्पुनाथलाई स्वास्थ्य सामग्री सहयोग

सोमबार, पुस २५, २०७९

काठमाडौँ – हुम्लाको खार्पुनाथ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । 

 

स्वास्थ्य विभागले १५ लाख ६५ हजार ९६ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री स्वास्थ्य सेवा कार्यालय हुम्लामार्फत खार्पुनाथ गाउँपालिकालाई हस्तान्तरण गरेको हो । 


   
जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक भण्डारीले  भिडियो एक्सरे, स्वाब परीक्षण मेसिन, प्रिन्ट मेसिनलगायत सामग्री स्वास्थ्य सो गाउँपालिकाका शाखा प्रमुख बलिराज भण्डारीलाई हस्तान्तरण गरेका छन् । 


    
स्वास्थ्य सामग्री प्राप्त भएसँगै खार्पुनाथ गाउँपालिकाले यसअघि दिँदै आएको स्वास्थ्य सेवा थप प्रभावकारी हुने जनाइएको छ ।  स्वास्थ्य शाखा प्रमुख शाहीले विशेष गरी गर्भवतीको स्वास्थ्य परीक्षण गर्न भिडियो एक्सरेले सहयोग पुग्ने बताए । 

 

यसअघि भिडियो एक्सरे सेवा लिन सदरमुकामका रहेको जिल्ला अस्पतालमा धाउनुपर्ने अवस्था थियो । जिल्लाका ग्रामीण भेगका स्वास्थ्य संस्था पछिल्लो समय प्रविधिमैत्री हुँदै गएका छन् । 

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  ०९:१९
प्रतिक्रिया दिनुहोस्