Nic Ad Nic Ad
Nic Ad Nic Ad

ग्लोबल आइएमई र बिओकेकाे एकीकृत कारोबार शुभारम्भ

सोमबार, पुस २५, २०७९

काठमाडौँ– ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डुको एकीकृत कारोबार सोमबार सुरु भएको छ । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै बैंकको एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।


दुवै बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपछि बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सम्पूर्ण वित्तीय कारोबार एकीकृत कारोबार सोमबारदेखि ‘ग्लोबल आइएमई बैंक लिमिटेड’का नामबाट सुरु भएको हो ।


ग्लोबल आइएमई बैंकले बैंक अफ काठमान्डुलाई मर्ज गरेपछि देशकै ठूलो बैंक बनेको हो । मर्जरपश्चात् बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५.७७ अर्ब रुपैयाँ, कुल निक्षेप ४ खर्ब, कुल कर्जा ३ खर्ब ७९ अर्ब रुपैयाँभन्दा बढी भएको बैंकले जनाएको छ ।


ग्लोबल आइएमई बैंकमा योसहित ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भइसकेका छन् ।   

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  ११:२०
प्रतिक्रिया दिनुहोस्