Nic Ad Nic Ad
Nic Ad Nic Ad

दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण सरकारको प्रमुख एजेन्डा : प्रधानमन्त्री

सोमबार, पुस २५, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रममा दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण प्रमुख एजेन्डाका रूपमा राखेको बताएका छन् ।


सोमबार काठमाडौँमा ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डुको एकीकृत कारोबार शुभारम्भ गर्दै प्रधानमन्त्रीले सरकारका न्यूनतम साझा कार्यक्रममा सुशासन, प्रभावकारी भूमिका प्रवाह, समृद्धिको अभियानमा बाधक रहेका नीति, ऐन र संरचना फेर्ने कुरा, अन्तरनिहित निकाय समन्वयको प्रभावकारी व्यवस्था र अनुगमन गर्नेलगायत कार्यक्रम समावेश गरिएको बताए ।


प्रधानमन्त्री दाहालले वित्तीय, मौद्रिक, पुँजी बजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरूबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न आवश्यक, नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

ठुला परियोजनामा मात्र नभई नवीनतम बैंकिङ तथा वित्तीय उत्पादन प्रयोग गरी आमजनताको वित्तीय क्षेत्रमा पहुँच, वित्तीय साक्षरता र स्वरोजगारका क्षेत्रमा समेत बैंकिङ क्षेत्रले योगदान गर्न जरुरी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।


प्रधानमन्त्रीले युवालाई उत्पादनका क्षेत्रमा लाभदायी रोजगारी तथा उद्यमका अवसरमा लगाउनु पनि सरकारको लागि चुनौती रहेकाले जटिल र चुनौतीपूर्ण अवस्थाबाट सफल अवतरण गर्न सकारले तत्काल केही सुधार र केही संरचनागत सुधार गर्नुपर्ने धारणा राखे । 

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्