Nic Ad Nic Ad
Nic Ad Nic Ad

इलाममा नेपाल एयरलाइन्सले साप्ताहिक उडान भर्ने

सोमबार, पुस २५, २०७९

इलाम– इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले उडान भर्ने भएको छ ।


एयरलाइन्सले साप्ताहिक उडान गर्ने सम्म्बन्धमा सैद्वान्तिक सहमति भइसकेको इलाम नगरपालिकाका प्रमुख केदार थापाले जानकारी दिए ।

 

इलाम–काठमाडौँका लागि १ माघदेखि सातामा एउटा उडान गर्ने सहमति भएको छ । इलाम पर्यटकीय नगरी भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने प्रमुख थापाको भनाइ छ ।


यस विमानस्थलमा गत फागुन तारा एयरले नगरपालिकासँगको समन्वयमा उडान गरेको थियो । तर यात्रु नपाएको भन्दै ताराले उडान बन्द गरेको थियो ।

 

त्यसपछि इलाममा उडान भएको छैन । नेपाल एयरलाइन्सको जहाज सञ्चालनका लागि इलाम नगरपालिकाले पहल गरेको हो ।


काठमाडौँ–इलामको उडान अवधि करिब १ घन्टाको छ । सोही विमानस्थलमा उडान भएसँगै दार्जीलिङसहित पाँचथर, तेह्रथुम र ताप्लेजुङसम्मका यात्रुले सेवा पाउने भएका छन् । इलाममा ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको पक्की विमानस्थल बनेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  ११:४८
प्रतिक्रिया दिनुहोस्