Nic Ad Nic Ad
Nic Ad Nic Ad

बैंक बलियो भएमात्रै अर्थतन्त्र सबल हुन्छ : अध्यक्ष गोल्छा

सोमबार, पुस २५, २०७९

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने बताएका छन् ।


सोमबार काठमाडौँमा ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डुबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।


अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण रहेको भन्दै आर्थिक स्थितिलाई सुधार गर्दै जान आवश्यक रहेको धारणा राखे । तरलताको अभावमा व्यापारहरू संकुचनमा गएकाले निजी क्षेत्रको मनोबल गिरेको पनि उनको भनाइ छ ।


वर्तमान अवस्थामा केही सुधारको अवस्था देखिएको भन्दै उनले सरकारी खर्च बढाउन निजी क्षेत्रले सरकारसँग पहिलो माग गरेको जानकारी दिए । मौद्रिक नीतिमा क्यालकुलेट रिस्क लिनैपर्ने अहिलेको आवश्यकता भएको अध्यक्ष अग्रवालको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  ११:५९
प्रतिक्रिया दिनुहोस्