Nic Ad Nic Ad
Nic Ad Nic Ad

रेजिना उप्रेतीले चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिने

सोमबार, पुस २५, २०७९

काठमाडौँ– चलचित्र कलाकार संघको अध्यक्ष पदमा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी दिने घोषणा गरेकी छन् । उप्रेतीले सामाजिक सञ्जाल फेसबुकमार्फत संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । 


चैत ४ गते संघको महाधिवेशन हुँदै छ । आफू निर्वाचित भए संघलाई क्रियाशील र रचनात्मक बनाउने उनले दाबी गरेकी छन् ।


चलचित्र क्षेत्रमा आफू २४ वर्षदेखि निरन्तर संघको सदस्य रहेको, आजीवन सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भइसकेकाले अध्यक्ष पदका लागि आफू योग्य रहेको उनको तर्क छ ।

 

अभिनेत्री उप्रेतीले अध्यक्षको जिम्मेवारी पाएपछि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थाको प्रगतिको लाग्ने बताएकी छन् ।


करिब ४५ वटा चलचित्रमा अभिनय गरेकी अभिनेत्री उप्रेतीले ‘इतिहास’ चलचित्रबाट अभिनय करिअर थालेकी थिइन् । उनको पछिल्लो चलचित्र ‘भाग्यले जुरायो’ २ वर्षअघि सार्वजनिक भएको थियो ।


यसैबीच, कलाकार संघको आगामी महाधिवेशनमा अभिनेता सविन श्रेष्ठले समेत अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

 

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्