इन्धनको भाउ घटेपछि ८८५ रुपैयाँसम्म घट्यो हवाई भाडा, अब कहाँको कति ?
काठमाडौँ – नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्यमा २० रुपैयाँ घटाएसँगै हवाई भाडा पनि घटेको छ ।
संशोधित भाडादरमा सबै भन्दा बढी काठमाडौँ–धनगढी रुटमा ८८५ रुपैयाँ घटेको छ । यस्तै सबै भन्दा कम काठमाडौँ–सिमरा रुटमा १८० रुपैयाँ घटेको हो । काठमाडौँदेखि पर्वतीय उडान गर्दाको भाडमा ६५० रुपैयाँ कम हुने भएको छ ।
यस्तै, काठमाडौँ भद्रपुर ६ सय, काठमाडौँ नेपालगन्ज ६५५, काठमाडौँ सुर्खेत ६९० र काठमाडौँ–विराटनगर रुटमा ४८५ घटेको हो । नयाँ भाडा दर पुस २७ गतेदेखि लागु हुने समितिले जनाएको छ ।
नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । यसअघि प्रतिलिटर १९० रुपैयाँ थियो । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले हवाई इन्धन आन्तरिकतर्फ २० र बाह्यतर्फ करिब ३० रुपैयाँ घटाउने निर्णय गरेको हो ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९ १२:४५
प्रतिक्रिया दिनुहोस्