Nic Ad Nic Ad
Nic Ad Nic Ad

ग्लोबल आइएमई लिडर बैंक बन्यो : अध्यक्ष ढकाल

सोमबार, पुस २५, २०७९

काठमाडौँ– ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक भएको बताएका छन् ।


सोमबार ग्लाेबल आइएमइ बैंकले बैंक अफ काठमान्डुसँगको मर्जरपछिको एकीकृत कारोबार उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि मर्जरको नीतिलाई कार्यान्वयनमा ल्याउने ग्लाेबल आइएमई बैंक मर्जर नीतिको लिडर बैंक भएको दाबी गरे ।

 

उनले ग्लाबल आइएमई र बैंक अफ काठमान्डुबीच मर्जरले बैंकको अधिकांश वित्तीय सूचकहरूमा ग्लोबल आइएमई बैंक नेपालको पहिलो बैंकको रूपमा स्थापित भएको पनि बताए ।


अध्यक्ष ढकालले बैंक अफ काठमान्डुसँगको मर्जरसमेत गरेर ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी गरेर कुल २१ वटा बैंक तथा वित्तीय संस्था मिलेर ग्लोबल आइएमई बैंकले २१ वटा बैंक तथा वित्तीय संस्थाको एकीकृत कारोबार गर्न सफल भएको उल्लेख गरे ।

 

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्