एमेच्योर गल्फ आयोजना गर्न खुकुरी रम र गल्फ क्लबबीच सम्झौता
धरान–खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिताको पहिलो संस्करण सफल भएपछि मुख्य प्रायोजकले प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने भएको छ ।
प्रतियोगितालाई निरन्तरता दिन धरान गल्फ क्लब र खुकुरी रमको उत्पादक द नेपाल डिस्टिलरी प्रालिबीच सोमबार १ वर्षको सम्झौता भएको छ । धरान गल्फ क्लबमा प्रालिका एसिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधान र क्लबका सचिव भरत तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतामा प्रतियोगिता गर्न प्रालिले क्लबलाई १ वर्षका लागि ११ लाख रुपैया दिने छ । क्लबले कुनै पनि प्रतियोगिता गर्न पाएको यो अहिलेसम्मकै धेरै रकम हो ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९ १४:१८
प्रतिक्रिया दिनुहोस्