गोरखाका क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द
गोरखा–जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्ला भित्र बिना दर्ता संचालनमा रहेका र नविकरण नगरी संचालन भएका क्रसर उद्योग बन्द गराएको छ । सोमबार जिल्ला अनुगमन समितिको बैठकले त्यस्ता उद्योग बन्द गर्ने निर्णय गरेपछि मङ्गलबारदेखि सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गराइएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।
पालुङटार –१ मा रहेको सिम्रन क्रसर उद्योग, माई मनकामना क्रसर उद्योग, गोरखा नगरपालिका –१० मा रहेको गोरखकाली क्रसर उद्योग बन्द गराइएको छ । सिरानचोक –६ कालामाटाको दरौँदी क्रसर उद्योग, अजिरकोट –२ को सुपर चेपे हाईड्रो पावरको क्रसर लगायतका उद्योग मङ्गलबारबाट प्रहरी लगाएर बन्द गराइने जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए ।
जिल्ला भित्र क्रसर उद्योग, बालुवा प्रशोधन केन्द्र र विभिन्न आयोजनाका नाममा खुलेका २३ वटा उद्योग छन् । यी मध्ये केही संचालनमा छैनन ।